Rule 6
पुन कारबाही गर्नु पर्ने
प्रस्तावकले यस नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन तयार गरेकोमा ऐनको दफा ६ को उपदफा (२) बमोजिम सो प्रस्ताव साथ प्राप्त प्रतिवेदन जाँचबुझ गर्दा प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन समेत गर्नु पर्ने गरी सम्बन्धित निकायले ठहर गरेमा प्रस्तावकले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न पूरा गर्नु पर्ने यस नियमावली बमोजिमको सबै प्रक्रिया पूरा गर्नु पर्नेछ ।